काठमाडौंमा थाई फेस्टिवल हुने, ‘लक्की ड्र’ मार्फत् एक जनालाई थाइल्याण्ड घुम्न पाउने अवसर

काठमाडौँ - काठमाडौंमा ‘थाई फस्टिबल’ आयोजना हुने भएको छ । काठमाडौंस्थित थाई दुताबासले यही असोज ११ गते शनिबार काठमाडौंको होटल सांग्रिलामा सो फेष्टिबल आयोजना गर्न लागिएको जानकारी गराएको हो । दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेष्टिबल आयोजना गर्न लागिएको नेपालका लागि थाई राजदुत भकवत तन्सकुलले जानकारी दिनुभयो ।

फेष्टिवलमा थाई खाना मुख्य आकर्षणको रुपमा राखिनेछ । राजदुत भकवतले थाई कल्चरसँग सम्बन्धित कला पनि सो फेष्टिबलमा प्रर्दशन हुने बताउनुभयो । फेष्टिबलमा ‘लक्की ड्र’ मार्फत् एक जनालाई थाईल्याण्ड भ्रमणको लागि ‘टु वे’ टिकट उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

थाई दुतावासले नेपालमा पहिलो पटक सन् २०१७ मा यो फेष्टिबल आयोजना गरेको थियो । थाईल्याण्ड सरकारकै योजना अनुसार विश्वभर थाई फेष्टिवल हरेक वर्ष मनाउने गरिएको पनि थाई दुतावासद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal