युनिलिभर नेपालले गर्यो प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश दिने घोषणा !

काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति १५६औं बैठकले १ कित्ता सेयर बराबर ७७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यसको सेयर भाउ अहिले प्रतिकित्ता १९ हजार ५०० रुपैयाँ हाराहारीमा छ । 
 
प्रकाशित मिति : Friday, September 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal