×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवराज खतिवडा गभर्नर हुँदा दर्ता रोकिएको अध्यक्षहरुको संगठन उनी अर्थमन्त्री हुँदा किन खुल्यो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

युवराज खतिवडा गभर्नर हुँदा दर्ता रोकिएको अध्यक्षहरुको संगठन उनी अर्थमन्त्री हुँदा किन खुल्यो ?

काठमाडौँ । बैंकहरुका ‘साहु’हरुको संगठन ‘चेयरम्यान एसोसिएसन’ दर्ता भएको छ । उक्त संगठन जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको छ । तर यो संगठनको दर्तामा युवराज खतिवडा ‘संयोग’का रुपमा देखिएका छन् । यसअघि उनी गभर्नर हुँदा साहुहरुको संगठन नचाहिने भन्दै उनैले यो दर्ता रोकेका थिए । तर उनी हाल अर्थमन्त्री हुँदा यो संगठन दर्ता भएको छ ।
यसअघि २०६७ सालमा पनि अध्यक्षहरुको संगठन बनेको थियो ।पहिलो संविधानसभामा बाफिया र राष्ट्र बैंक ऐन पुग्दा यो संगठनले लबिङ गरेको थियो। त्यसबेला गभर्नर डा. युवराज खतिवडा थिए । उनले प्रमुख कार्यकारी अधिकृतहरुको संगठन रहेकाले अध्यक्षहरुले खोल्न हुँदैन भनेर उक्त संगठन दर्ता हुन बाट रोकेका थिए । तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई लिएर विभिन्नखाले नीति नियम आउन थालेपछि त्यसको विरुद्धमा लविङ गर्न उनीहरुको संगठन खुलेको हो ।  
बैंकर्स संघको निष्कर्ष, ‘मिलेर जाउँ’
यसैबीच बैंकर्स संघको पछिल्लो बैठकले साहुहरुको संगठनसँग पनि मिलेर जाने बताएका छन् । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले अध्यक्षहरुको पनि संगठन खुल्यो, अब के गर्ने हो भनेर अनौपचारिक एजेण्डा छलफलमा ल्याएका थिए भने उनैले भिड्ने कुरा भएन मिलेर जाउँ भनेर प्रस्ताव ल्याएका थिए । बैंकिङ कसुरका बारेमा छलफल गर्न संघले आकस्मिक रुपमा डाकेको बैठकमा ‘साहुहरुको संगठन’ का बारेमा पनि छलफल भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: