×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता, टाटा हिटाचि गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा पाईने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता, टाटा हिटाचि गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा पाईने

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थ मुभर्सबीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा हिटाचि गाडी ग्राहकवर्गहरुलाई ७० प्रतिशत सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ ।
हाल बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: