Exclusive : दुश्मनको पनि यस्तो दिन नआओस्... यसरी खाली गरियो द्वन्दपीडीत सुमित्रा केसीको घर...! (भिडियो)

काठमाडौँ । द्वन्दपीडीत सुमित्रा केसीको घर अन्तत: बैंक र न्यायाधिकरण मिलेर खाली गरिदिएका छन् । कुनै बेला काठमाडौँमा खुब चलेको रेकर्डिङ स्टुडियोको मालिक थिइन् उनी । घर थियो, गाडी थियो र जीवन मज्जैसँग चलिरहेको थियो । तर देशमा तत्कालीन माओवादी युद्ध चलिरहेको थियो र सरकारले संकटकाल घोषणा गरेको थियो । रेकर्डिङ स्टुडियो ठुलो बनाउने, अझ राम्रो काम गर्ने भनेर उनका श्रीमानले तत्कालिन कृषि बिकास बैंकबाट १९ लाख ९० हजार ऋण लिए । नलिउँ ऋण, यो लाइनमै नलागौं भनेर श्रीमतीले बिन्ती गर्दा पनि श्रीमान्ले मानेनन् र ऋण लिए ।

यस्तैमा तत्कालीन साही नेपाली सेनाले स्टुडियोमा माओवादीको गीत रेकर्ड गरिएको भन्दै उनको स्टुडियोमा छापा मार्यो र उनका कर्मचारीहरुलाई बेपत्ता बनायो । बेपत्ता भएकाहरुमध्ये केहि बाँच्न सफल भए त केहिलाई तत्कालीन साही नेपाली सेनाले मार्यो । उनको स्टुडियोबाट सेनाले मान्छे लगेर मारेको भन्दै मृतक परिवार उनको पछि लाग्यो । 

त्यसपछि उनलाई ठुलो बोझले थिच्यो । कमाउने आफ्ना श्रीमान् पनि बेपत्ता भए, चलेको स्टुडियो बन्द भयो, र आफ्ना कर्मचारीहरुलाई सेनाले मारेपछि ती परिवारको रेखदेखको जिम्मा उनकै भयो । कालिका सन्तानको रेखदेख, पालनपोषण त गर्नु नै थियो । यसरी दिन चलिरहे । तर एक्कासी कृषि बिकास बैंक लिमिटेडले भएको आफ्नो घर लिलाम गर्ने भयो । यो बीचमा उनले घर किन्ने मान्छे खोजिन्, गएर केहि पैसा तिर्छु भनिन् तर बैंकले नमानेको उनको आरोप छ । जसरी पनि घर लिलामी गर्ने दुरासयका साथ आफुलाई दुख दिएको उनको तर्क छ।

२०५९ उनका श्रीमानले १९ लाख ९० हजार ऋण लिएका थिए । कहिले ५३ लाख पुग्यो, कहिले ८० लाख पुग्यो भन्दै अन्तत : १ करोड ८ लाख रुपैयाँ ऋण र सोको ब्याज पुगेको भन्दै उनको घर लिलामी भयो । उनको आधा रोपनीमा सिनामंगलको निकै राम्रो ठाउँमा भएको झन्डै ५ करोड रुपैयाँ जाने घर १ करोड ८८ लाखमा सकारेर उनलाई ८० लाख दिने भनेको छ बैंकले । कुनै बेला झन्डै २० लाख लिएर फसेको अहिले ५ करोड मूल्य पर्ने घर १ करोड ८८ लाखमा लिलाम भएर आफ्नो हातमा ८० लाखमात्र पर्ने भएपछी उनलाई जीवन नै सकिएको अनुभव भएको छ ।

केहि दिन पछी उनको घर खाली गरिएको छ । यो दृश्य आफैंमा दुखदायी छ । यस्तो दिन कसैको नआओस् । समयमा ऋण तिरौं, तिर्न नसक्ने ऋण नलिउं, बैंकले पनि सकेको सहयोग गरौँ र सामाजिक सद्भाव कायम गरौँ भन्ने उद्देश्यका साथ हामीले सुमित्रा केसीको अनुमतिमा यो भिडियो प्रकाशनमा ल्याएका छौं । उनले नै यो भिडियो हामीलाई उपलब्ध गराएकी हुन् ।  

प्रकाशित मिति : Sunday, September 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal