×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

काठमाडौँ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नुभयो । 
उहाँले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराउनुभयो । सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: