×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कडा कार्वाही गर्ने ट्राफिक प्रहरीको चेतावनी ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कडा कार्वाही गर्ने ट्राफिक प्रहरीको चेतावनी ! (भिडियो रिपोर्ट)

काठमाडौँ  । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने बताउनु भएको हो । उहाँले त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । 
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दशैंमा संचालन हुने सबै यातायातको साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराउनु भयो । त्यसो नगरिए प्रहरीले कडा कार्वाही गर्ने पनि प्रमुख ढकालको भनाई छ ।
प्रमुख ढकालले दसैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको पनि स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: