×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मार्ट लघुवित्त र मनकामना लघुवित्तबीच मर्जर सम्झौता, ४ महिनाभित्र एकीकृत कारोबार शुरु हुने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

स्मार्ट लघुवित्त र मनकामना लघुवित्तबीच मर्जर सम्झौता, ४ महिनाभित्र एकीकृत कारोबार शुरु हुने !

काठमाडौँ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सहमति भएको छ । सहमतिपत्रमा मनकामना लघुवित्तको अध्यक्ष अजय गोयन्का र स्मार्ट लघुवित्तको अध्यक्ष शान्ति चौधरीले हस्ताक्षर गरिन्।
मनकामना र स्मार्ट लघुवित्तबीच एक बराबर एक प्रारम्भिक स्वाप रेसियो तय भएको छ। दुबै लघुवित्तको सम्पत्ति तथा दायित्वको मूल्यांकनमा १० प्रतिशतभन्दा बढीको फरक परेमा पुन: स्वाप रेसियो निर्धारण गर्ने सहमति भएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनामा एकीकृत कारोबार थाल्ने र नयाँ संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त राख्ने सहमतिमा उल्लेख छ । एकीकृत संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: