×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै दिन प्रगतीशील पत्रकारका दुई जीत, होम हमाल रिहा, गोपाल चन्दलाई सफाई !

PRIME CA
laxmi sunrise bank

एकै दिन प्रगतीशील पत्रकारका दुई जीत, होम हमाल रिहा, गोपाल चन्दलाई सफाई !

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

काठमाडौँ । पत्रकार अाेम हमाल रिहा भएका छन् । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणकाे रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वाेच्च अदालतकाे अादेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । पत्रकार हमालकाे गिरफ्तारी गैरकानुनी भन्दै माेनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणकाे रिट दायर गरेकी थिईन् । 
रिटमाथी सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठकाे ईजलासले पत्रकार हमाललाई रिहा गर्न अादेश दिएकाे हाे । हमाल जनसञ्चार डटकमका सम्पादक हुन् । यद्यपी उनलाई प्रहरीले विप्लव निकट पत्रकार भएकै कारण पार्टिको गतिविधिमा लागेको भन्दै पक्राउ  थियो । उनी जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्यसमेत हुन् ।   
भदाै ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वाेच्च अदालतले रिहा गर्न अादेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । अघिल्लाे पटक राज् विरूद्वकाे कसुरकाे मुद्दा लगाएकाे प्रहरीले दाेस्राेपटक दुर्व्यवहारसम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियोे । 
यता आज नै विद्युतीय कारोबारसम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्दले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै भरमा पोष्टपाटीका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए । चन्द पनि जनपत्रकार संगठनमै आवद्ध छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: