×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २३०%ले वृद्धि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २३०%ले वृद्धि !

काठमाडौं – चौतारी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खूद नाफा १ करोड २३ लाख ७२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधीको तुलनामा २३०% ले धेरै हो । गत वर्ष संस्थाले ३७ लाख ४८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
कम्पनीले खुद ब्याज आम्दानी ९९.३९% ले वृद्धि गरि  ३ करोड ५८ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ करोड ७९ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै सञ्चालन नाफा पनि  ५८ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९४ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
यो वर्षको पहिलो त्रैमाससम्ममा संस्थाले निक्षेप संकलन १ अर्ब ६५ करोड १४ लाख ५८ हजार रुपैयाँ गरेको छ ।हाल यसको चुक्ता पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ छ भने जगेडा कोषमा भने २ करोड २५ लाख ८० हजार रुपैयाँ रुपैयाँ छ । 
यता, संस्थाको खराब कर्जा ०.६०% रहेको छ । गत वर्ष खराब कर्जा कर्जा ०.४३% रहेको थियो । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा (वार्षिक) रहेको चौतारीको प्रतिसेयर नेटवर्थ भने १०५ रुपैयाँ १५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: