तिहार सकिएसंगै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ -  तिहार सकिएसंगै सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, October 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal