×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – आइसीएफसी फाइनान्सले २ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले  प्रति कित्ता १ हजार रुपैयाँको दरले २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले बिक्रि गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख २०हजार इकाई भने फाइनान्सले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १२% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल ग्लोबल आइएमइ क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले यो ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी बीबीबी (ट्रिपल बी)’ रेटिङ दिएको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: