'कौन बनेगा करोडपति' कार्यक्रममा नेपालको अपमान, सीतालाईसमेत भारतमा जन्मिएको भन्न थाले 'भारतीयहरु' !

काठमाडौँ । नेपालमा जन्मिएका गौतम बुद्धलाई बेलाबेलामा भारतमा जन्मिएको भनेर अफवा फैलाउने भारतीय मिडियाहरुले अव सीतालाई पनि भारतमा जन्मिएको अफवाह फैलाउन थालेका छन् । भारतीय चर्चित टेलिभिजन 'सोनि' र त्यसमाथि पनि भारतका महानायकले सञ्चालन गर्ने चर्चित कार्यक्रम 'कौन बनेका करोडपति'मा सीताको जन्मभूमिबारे गलत प्रचार गरिएको छ ।

प्रश्न सोधिएको छ,  'मिथिलाको संस्कृतिक र ऐतिहासिक, भारतको कुन प्रदेश प्रदेश हो जसलाई सीताको जन्मथलोका रुपमा चिनिन्छ ?'  

जसमा अप्सनहरु छन्, उत्तर प्रदेश, विहार, झारखण्ड र उत्तरखण्ड ।

उत्तर दिनेले यो प्रश्नमा फिफ्टी फिफ्टी रोजेका छन् र बिहार र झारखण्ड विकल्पका रुपमा रहेका छन् ।

अन्त्यमा विहारलाई सहि उत्तर भनिएको छ ।

यो सरासर नेपाल र नेपालीको अपमान हो ।    
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal