×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्तले जित हासिल गरेका छन् ।  उनले अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा जित हासिल गरेका हुन् । यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।
यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । औपचारिक घोषणा नभएपनि पन्तको फेसबुकमा एनआरएनएका उम्मेद्वारहरुले नै बधाई दिएका छन् । सचिव पदका उम्मेद्वार रहेका आरके शर्माले पन्तलाई बधाई दिइसकेका छन् ।
निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । अत्याधिक तनावग्रस्त तरिकाले एनआरएनएको निर्वाचन तथा मतगणना सम्पन्न भएको थियो ।
आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: