×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौँ – कुमारी बैंक लिमिटेड र देशकै पहिलो LP ग्याँस आयातकर्ता एवं विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी सहकार्य भएको छ । सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् ।
सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गर्नुभयो । उक्त सहकार्य पश्चात् नेपाल ग्याँसका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सो पश्चात् कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा रू ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
ग्याँस सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागु हुनेछ । यसैगरी, कुमारी बैंकले नेपाल ग्याँसका वितरकहरूलाई क्यू आर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यासब्याक सुविधा सम्झौता कार्तिक १ गते देखि लागु हुनेछ ।
आफूलाई समसामयिक प्रविधिको अग्रणी तथा द्रुत अनुकरण गर्न सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैँ आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पुर्याउने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: