कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसंग माग्यो अनुमति !

काठमाडौं - कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । बैंकले बिक्री ल्याउने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको ‘१०.२५% कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई बीबीबी प्लस रेटिङ प्रदान गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal