×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्ये भोटेकोशी जलविद्युतले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ जारी गर्ने, हेर्नुहोस् यस्तो छ रेटिङ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

मध्ये भोटेकोशी जलविद्युतले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ जारी गर्ने, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – मध्ये भोटेकोशी जलविद्युतले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । 
कम्पनीले १०० रुपैयाँ दरको १ करोड ५० लाख कित्ता सेयर जारी गर्नेछ । रेटिङ सम्पन्न गरे पनि कम्पनीले आइपीओ निष्कासनका लागि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ बिक्री खुला प्रक्रिया सुरु हुनेछ । यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब पुग्नेछ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: