×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २६७.२१% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

मिर्मिरे लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २६७.२१% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत बन्दै गएको छ । संस्थाले खुद नाफा २ करोड १३ लाख ६८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६७.२१% ले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ५८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : १३५.१७% र ३६१.७२% ले बढेको छ । गत वर्ष २ करोड १७ लाख २८ हजार रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी एस त्रैमासमा ५ करोड १० लाख ९५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ६७ लाख ७१ हजार रुपैयाँबाट बढेर ३ करोड १२ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । 
यो पहिलो त्रैमासमा संस्थाले ८३ करोड ८९ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्व ४५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ६३ लाख ७ हजार रुपैयाँ जम्मा रहेको छ । 
संस्थाको खराब कर्जा भने केहि बढेको छ । संस्थाको खराब कर्जा ०.८७%बाट बढेर ०.९८% पुगेको छ। यस लघुवित्तको प्रतिसेयर आम्दानी पनि ४३ रुपैयाँ ९६ पैसाले बढेर ६६ रुपैयाँ ३७ पैसामा आइपुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ३१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: