×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको नयाँ शाखा मकवानपुरको हेटौँडा र चितवनको चनौलीमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सिन्धु विकास बैंकको नयाँ शाखा मकवानपुरको हेटौँडा र चितवनको चनौलीमा

काठमाडौँ – सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा बजार बैंकको शाखा स्थापना गरेको छ ।
उक्त शाखा हेटौडा उप-महानगरपालिकाका उप–प्रमुख श्रीमती मिना कुमारी लामा तथा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
यसैबीच, चितवन जिल्लाको चनौलि बजारमा पनि बैंकले शाखा बिस्तार गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: