मार्जिन कारोबारका लागि आठ ब्रोकर कम्पनीद्वारा अनुमतिपत्र नविकरण

काठमाडौं - मार्जिन कारोबारका लागि ८ ब्रोकर कम्पनीहरुले अनुमतिपत्र नविकरण गराएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत वर्ष २१ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरिसकेको छ । मार्जिन कारोबार गर्न ब्रोकर कम्पनीहरुले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ ।

मार्जिन कारोबारका लागि नवीकरण गर्नेमा क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस प्रालि, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा रहेका छन् । 

प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal