×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र कात्तिक २० गतेदेखि आउँदै, अधिकतम ३ लाख कित्तासम्म भर्न पाइने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र कात्तिक २० गतेदेखि आउँदै, अधिकतम ३ लाख कित्तासम्म भर्न पाइने !

काठमाडौं – सनराइज बैंकले कात्तिक २० गतेदेखि ३० लाख कित्ता ऋणपत्र  बिक्री खुल्ला गर्ने भएको छ । बैंकको जारी हुने ऋणपत्रमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि र सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । उक्त ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ दरले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ ।
यस ऋणपत्रमा छिटोमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने मंसिर १९ गतेसम्म भर्न पाइनेछ । यसमा सिद्धार्थ क्यापिटल, नारायाणचौर, काठमाडौै र सनराइज बैंकका सम्पूर्ण शाखाबाट फारम पाइनेछ । यस्तै, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: