×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ प्यान लिनेको संख्यामा वृद्धि, साउन र भदौ महिनामा मात्र ६ लाख नयाँ करदाता थपिए !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नयाँ प्यान लिनेको संख्यामा वृद्धि, साउन र भदौ महिनामा मात्र ६ लाख नयाँ करदाता थपिए !

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०७६/७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान ल्याएसंगै नयाँ प्यान लिनेको संख्यामा वृद्धि भएको छ । सरकारले यस्तो प्राबधान ल्याएसंगै नयाँ प्यान लिनेको संख्यामा वृद्धि भएको हो । पछिल्लो २ महिनामा मात्र करिब ६ लाख नयाँ करदाता थपिएका छन् । व्यावसायिक स्थायी लेखा नम्बर, व्यक्तिगत स्थायी लेखा नम्बर र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरगरी कुल ६ लाख नयाँ करदाता थपिएको अर्थ मन्त्रालय जनाएको हो । 
अर्थ मन्त्रालयकाअनुसार साउनमा प्यान नम्बर लिनेको संख्या कूल २ लाख ९० हजार ९ सय १४ थियो भने भदौमा वृद्धि भएर ३ लाख ५ सय ९३ जनाले नयाँ प्यान लिएका छन् । 
सरकारले ल्याएको अनिवार्य प्यान नम्बर लिनुपर्ने प्राबधान लागु भएसँगै साउन महिनामा मात्र २ लाख ५४ हजार ४ सय ९ जना व्यक्तिले व्यक्तिगत प्यान नम्बर लिएका थिए । भदौमा यसको संख्या बढेर २ लाख ५७ हजार ३ सय ८३ जना पुगेका छन् । 
यस्तै साउनमा ३६ हजार कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका थिए भने भदौमा ४२ हजार ५ सय ११ कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।
भदौ मसान्तसम्म प्यानमा दर्ता हुने व्यक्तिगत करदाताको संख्या १५ लाख ४ हजार २ सय ३३ रहेको छ भने व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या भने १२ लाख ५६ हजार ९९ पुगेको छ । भदौ मसान्तसम्म नेपालमा स्थायी लेखा नम्बर लिने कूल करदाता २७ लाख ६२ हजार १ सय ३५ पुगेको छ । मन्त्रालयको तथ्यांकअनुसार मूल्य अभिवृद्धि करमा २ लाख ३२ हजार १ सय २० र अन्तःशूल्कमा ८८ हजार ३ सय ४१ करदाता दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: