काठमाडौँ सायद यति सुन्दर कहिले पनि देखिएको थिएन... ! २० करोड खर्चेर यस्तो बनाइयो काठमाडौँ (भिडियो)

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि अहिले काठमाडौँ यति सुन्दरसँग सजाइएको छ कि काठमाडौं दुलही भन्दा कम छैन । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । विमानस्थलबाट होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा दुवै देशका राष्ट्रपतिको तस्वीरहरु टाँगिएको छ । सडकहरुमा स्वागतद्वारहरु बनाइएको छ । सडकका मेडियन तथा पेटीहरुमा गमला राखिएको छ । यो सबैको खर्च झन्डै २० करोड रुपैयाँ रहेको बताइएको छ । हेरौं २० करोड खर्च गरेर कस्तो बनेको छ त काठमाडौँ ।  
प्रकाशित मिति : Saturday, October 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal