नक्कली नोट छाप्ने मेसिनसहित ३ जना प्रहरीको नियन्त्रणमा !

काठमाडौं । प्रहरीले बौद्धको नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाका आधारमा नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित मिति : Monday, October 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal