×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ह्याकरको बयान उच्च अदालत पाटनमा सुरु, ६ वर्ष कैद मागदाबी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

चिनियाँ ह्याकरको बयान उच्च अदालत पाटनमा सुरु, ६ वर्ष कैद मागदाबी !

काठमाडौं – चिनियाँ ह्याकरहरुको उच्च अदालत पाटनको वाणिज्य इजलासमा बयान सुरु भएको छ । गत भदौ १४ गते बैंकका एटिएम ह्याक गरी १ करोड ८७ लाख ९६ हजार ५ सय रुपैयाँ निकाल्ने कार्यमा संलग्न ८  जना ह्याकरहरुको उच्च अदालत पाटनमा बयान सुरु भएको हो ।
अभियुक्तहरुको बयान सकिएपछि अदालतले उनीहरुलाई पुर्पक्षमा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ। प्रहरीले फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिकहरू लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यू युनक्विङ, चेन बिनबिन र मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई ह्याकिङमा संलग्न भएको आरोप लगाउँदै अभियोगपत्र पेस गरेको छ।
अभियोग पत्रमा उनीहरुले ‘बैंकिङ कसुर र सजाय ऐन २०६४’ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ।ऐनको दफा ५ मा उल्लेख भएको अनाधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने कसुर उनीहरुले गरेको बताइएको छ।
सोही अनुसार सरकारी वकिलको कार्यालयले कैद र बिगो मागदाबी गरेको छ। कार्यालयले बिगो भराई दफा १५ को (घ) बमोजिम १ करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद हुने सजाय उल्लेख भएकाले सोही अनुसार ६ वर्षसम्म कैदको माग गरी उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: