सिभिल र कुमारी बैंक लिमिटेडले पनि गरे नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

काठमाडौं । सिभिल बैंक र कुमारी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत रहेको छ भने कुमारीको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत रहेको छ । 

सिभिलले हाल १८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचततर्फ सबै खातामा ६.५० प्रतिशत ब्याज दिनेछ भने बैंकबाट ब्याज लिँदा सबैभन्दा बढी ब्याज १८ प्रतिशतसम्म लाग्नेछ । बैंकबाट ओभर ड्राफ्ट कार्ड ऋण , माइक्रो ग्रुप ग्यारेन्टी बेस्ड लोनमा १८ प्रतिशतसम्म ब्याज लाग्नेछ। यस्तै हायर पर्चेज लोन लिँदा १६.११, अटो लोन १७.११, एजुकेशन लोन लिाँदा १६.११ प्रतिशत ब्याज तिर्नुपर्नेछ । 

कुमारी बैंकबाट बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत ब्याज पाइनेछ । यस बैंकबाट होम लोन, एजुकेशन लोन, अटो लोन, सेयर धितोकर्जा लिंदा १८.८९ प्रतिशत ब्याज तिर्नुपर्नेछ । 
प्रकाशित मिति : Friday, October 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal