×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईप्पानद्धारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

ईप्पानद्धारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा !

काठमाडौँ । आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले आफ्ना मागको सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । रुग्ण जलविद्युत आयोजनाका लागि सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत इप्पानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना माग सुनुवाई समेत नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले आफूहरुको माग पूरा नगरे रुग्ण २५ वटा जलविद्युत आयोजनाहरुको चावी कार्तिक १ गते सरकारलाई बुझाउने चेतानवीसहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिएको स्पष्ट पार्नुभयो ।
बैंकको ब्याजदर ४० प्रतिशत वृद्धि गरिएको, विद्युत खरिद दरमा  तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आएको छ । ती समस्याहरु समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेलगायतका दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । आफ्ना सो माग तत्काल सम्बोधन नभए कार्तिक १ गते २५ वटा रुग्ण जलविद्युत आयोजनाहरुको चावी सरकारलाई बुझाउने इप्पानको चेतावनी छ । अध्यक्ष गुरागाईँले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले कडा आन्दोलनमा जानुपर्ने अवस्था आएको पनि बताउनु भयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: