×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ करोड नगद र ३ लाखको चेकसहित पक्राउ परेका भीआईपी जुवाडेहरुलाई अदालतले दियो यस्तो आदेश !

PRIME CA

२ करोड नगद र ३ लाखको चेकसहित पक्राउ परेका भीआईपी जुवाडेहरुलाई अदालतले दियो यस्तो आदेश !

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार

काठमाडौँ । २ करोड ६७ लाख नगद र ३ लाखको चेकसहित गत शनिवार पक्राउ परेका भीआईपी जुवाडेहरुलाई रिहा नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई रिहा नगरी साथमै राख्न आदेश दिएको हो ।
महाराजगञ्जस्थित जुवाखालबाट गत शनिवार २५ जनालाई पक्राउ गरेको थियो । ति मध्ये ६ जना भीआईपी  रहेका थिए । उनीहरुबिरुद्ध आइतबार अदालतमा बन्दी प्रत्यक्षीकरण को रिट दायर भएपछि रिटको सुनुवाई गर्दै अदालतले रिहा नगर्न आदेश दिएको हो । 
पक्राउ परेका मध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा अदालत गएका थिए।
प्रहरीले उनीहरु जुवा खेलिरहेको जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद गरेको थियो।

सारांश
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: