×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, स्थिति तनावग्रस्त, कर्फ्यू आदेश जारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, स्थिति तनावग्रस्त, कर्फ्यू आदेश जारी

काठमाडौँ । कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा विवाद हुँदा प्रहरीले गोली चलाउंदा स्थानीय सुरज पाण्डेको मृत्यु भएको हो । 
कृष्णनगरमा बुधबार बेलुकादेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ । कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

यसै क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन बुधबार विहान ५० सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: