पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन

काठमाडौं - पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

७८ वर्षे राणा लामो समयदेखि मुटु र मिर्गौलासम्बन्धी रोगबाट पिडित थिए  । राणा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए । उनि व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा मानिन्थिए । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।
प्रकाशित मिति : Thursday, October 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal