चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने पक्राउ

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा सीको भ्रमणको तयारीलाई बिथोल्ने गतिविधि गरेको भन्दैगोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । 

प्रहरीले यसअघि पनि सीको स्वागतमा भइरहेको तयारी विथोल्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सामान्य सोधपुछ गरी छाडेको थियो ।

सी आगामी शनिबार नेपाल भ्रमणमा आउने भएका हुन् । सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : Thursday, October 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal