×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधबार (आज) बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ फर्किएकी छिन् ।
भण्डारीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।
राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि म्यानमार असोज २९ गते गएकी हुन्  ।
उनि म्यानमारबाट आइतबार बिहान सिधै जापान प्रस्थान गरेको हुन् । म्यानमारबाट थाई एयरवेजको विमान चढेर राष्ट्रपति भण्डारी आइतबार राति जापान पुगेकी थिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: