नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न, १७ वटा सम्झौतामा हस्ताक्षर !

काठमाडौं । नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ । वार्ता सम्पन्न भएससँगै १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरिएको छ । 

समझदारीपत्रमध्ये ४ वटामा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, काठमाडौं महानगरपालिकालगायत विभिन्न निकायसँग सम्झौता भएको हो ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal