×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुवाको खालबाट विवेकशील साझाका सुनसरी संयोजकसहित ६ जना पक्राउ !

PRIME CA

जुवाको खालबाट विवेकशील साझाका सुनसरी संयोजकसहित ६ जना पक्राउ !

२३ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । इटहरीमा रहेको सिटी गेस्ट हाउसबाट जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ ।
सिटि गेष्ट हाउसभित्र तास खेल्दै गर्दा इटहरी ९ घर भएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।
तासको खालबाट ३ लाख ६५ हजार ३६० रुपैयाँ नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ। इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: