×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तुलाधर समुदाय’को ‘खड्ग जात्रा’, जहाँ बच्चाले कुभिन्डो काट्छन्, दशमीको भोलिपल्ट दशैं मनाइन्छ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

‘तुलाधर समुदाय’को ‘खड्ग जात्रा’, जहाँ बच्चाले कुभिन्डो काट्छन्, दशमीको भोलिपल्ट दशैं मनाइन्छ (भिडियो)

काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खडग जात्रा मनाएका छन । दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन । टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ । टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिएका छन् ।
सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ । ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ । 
असनको मूलघरबाट निकालिने खड्ग जात्रा अन्नपूर्ण देवी र गणेश मन्दिर परिक्रमा गरी त्यही घरको चोकमा आसुरी शक्तिको प्रतीक कुभिन्डो काटेर समापन गरिन्छ । असनका बासिन्दाले बडादसैंको टीकाको दोस्रो दिन असंचालंको नाममा टीका लगाएर दसैं मनाउने चलन छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: