×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्-झन् जटिल बन्दै अजय श्रेष्ठको मुद्धा, शुक्रबार पनि सर्यो सुनुवाई, रिहा भएकाहरुलाई पुन: पक्राउको तयारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

झन्-झन् जटिल बन्दै अजय श्रेष्ठको मुद्धा, शुक्रबार पनि सर्यो सुनुवाई, रिहा भएकाहरुलाई पुन: पक्राउको तयारी !

काठमाडौँ । आइतबार बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको मुद्धा जटिल मोडमा पुगेको खुल्न आएको छ । हिरासतमा रहेको झन्डै २ महिना पुग्न लाग्दा पनि उनको मुद्धा टुंगो नलागेपछि बैंकरहरु त्रसित बन्दैगर्दा उनको मुद्धाको जटिलताका बारेमा विभिन्न विश्लेषण सुरु भएका हुन् । लगातार सरिरहेको उनको मुद्धाको बहस-सुनुवाई गत शुक्रबार पनि सरेपछि यो मुद्धा अव के हुने हो भन्ने चिन्तामा अधिकांस बैंकरहरु छन् । पूर्वनिर्धारित बहस सुन्न विभिन्न बैंकरहरु अदालत पुगेका थिए । तर बहस सरेपछि उनीहरु निराश भएर घर फर्केका थिए भने हिरासतभित्र बिरामी रहेका श्रेष्ठ बीर अस्पताल फर्किएका थिए ।    
रिहा भएकाहरुलाई पनि पुन: पक्राउको तयारी ?
यता उक्त मुद्धामा तारेखमा रिहा भएकाहरुलाई पनि पुन: पक्राउ गरी अनुसन्धान सुरु गर्न लागिएको जानकारी स्रोतले विभिन्न बैंकहरुलाई गराएपछि यो मुद्धा झन् जटिल मोडमा पुगेको विश्लेषण गरिएको छ ।  यो घटनाले एकातर्फ अजय श्रेष्ठको मुद्धा के होला भन्ने चिन्ता थपिएको छ भने श्रेष्ठ कहिलेसम्म थुनामै रहने हुन् भन्ने चिन्ता पनि बैंकरहरुलाई थपिएको छ ।  २०७१ सालमा हेटौंडाका व्यापारी सुरेन्द्र श्रेष्ठले झापामा रहेको खोला छेउको जग्गा धितो राखेर बैंक अफ काठमाण्डूबाट झन्डै ५ करोड ऋण स्वीकृत गराएको अभियोगमा उनी हाल थुनामा छन् भने उनीविरुद्ध मुद्धा चलिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: