×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकृया पुगेपछि पनि बैंकले सहुलियत कर्जा नदिए मलाई इमेल गर्नुस्, कारबाही गर्छु : अर्थमन्त्री खतिवडा ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रकृया पुगेपछि पनि बैंकले सहुलियत कर्जा नदिए मलाई इमेल गर्नुस्, कारबाही गर्छु : अर्थमन्त्री खतिवडा ! (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताउनुभएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताउनुभएको हो । उहाँले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिंदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताउनुभयो । त्यसका लागि सरकारले अनुदान सम्बन्धी नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिनुभयो ।
अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो । प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्न उहाँको आग्रह थियो । कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारीता बढ्ने बताउनुभयो ।
यसअघि सरकारले विभिन्न ७ शिर्षकका कर्जामा ५ देखि ६ प्रतिशत सम्म अनुदान दिने व्यवास्था गरेको थियो । तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत ( कार्यविधि, २०७६ को दोश्रो संशोधनमा थप २ शिर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: