×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तको खुद नाफा ४२.५%ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

PRIME CA

छिमेक लघुवित्तको खुद नाफा ४२.५%ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २२ करोड २६ लाख १७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४२.५%ले धेरै हो । गत वर्ष यहि अवधिमा १५ करोड ६१ लाख ६२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी २५.८१% ले बढोत्तरी गरेर ४९ करोड ५३ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ३९ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै सञ्चालन नाफा  ४१.७५% ले बढेको छ। सञ्चालन नाफा पनि २४ करोड १५ लाख रुपैयाँबाट वृद्धि गरी ३४ करोड २४ लाख ९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
यो असारमसान्तसम्ममा संस्थाले १६ अर्ब ५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  हाल यसको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ छ । 
संस्थाको खराब कर्जा भने ०.१६% बाट थोरै बढेर ०.३०% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ७५ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ ८६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: