×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले  प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।
बैंकले ‘१० वर्ष अवधिको सिटिजन्स बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदरमा  १० वर्षको लागि ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यता बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागे पनि हालसम्म रेटिडङ भने गराएको छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: