×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङको बडिगाड गाउँपालिकामा नेकपाका ढालप्रसाद बिजयी, समाजवादीका उम्मेदवारलाई घरकैको मात्र भोट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार

PRIME CA
laxmi sunrise bank

बागलुङको बडिगाड गाउँपालिकामा नेकपाका ढालप्रसाद बिजयी, समाजवादीका उम्मेदवारलाई घरकैको मात्र भोट !

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन् । उनले ७०४ मत प्राप्त गरी बिजय हासिल गरेका हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरे। 
यस्तै समाजवादी पार्टिका हरीलाल रानाले भने जम्मा ६ मत प्राप्त गरे । उनका घरको जस्तै सदस्य गन्ने हो भनेपनि ६ पुग्छ । २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप-प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो। १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: