×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपिओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

PRIME CA

हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपिओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता आइपिओ आउने भएको छ । कम्पनीले आइपिओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले  १०० रुपैयाँ दरको २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । 
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयनको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम जनता क्यापिटलले गर्नेछ । हिमालयन हाइड्रोपावर लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: