×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA

कुमारी बैंकले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार

काठमाडौं – कुमारी बैंकले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।  सार्वजनिक भएको सूचना अनुसार बैंकका संस्थापक सेयरधनी किशोर लाकौलले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न लागेको हो । बिक्रीमा ल्याउने संस्थापक सेयरको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।
उक्त सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: