लक्ष्मी लघुवित्तको खुद नाफा ३७.३६% ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ३७.३६% ले वृद्धि गरेर ३ करोड १७ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा संस्थाले २ करोड ३१ लख २६ हजार रुपैयाँ खुद नाफा कामएको थियो । 

यता, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३६.१९% र ३८.७३% ले बढेको छ । गत वर्ष ६ करोड ५९ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यो त्रैमासमा बढाएर ८ करोड ९८ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ३ करोड ६३ लाख रुपैयाँबाट बढाएर ५ करोड ३ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । 

हाल लक्ष्मीको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३ लाख १२ हजार रुपैयाँ जम्मा रहेको छ । खराब कर्जा ०.९९% बाट बढेर १.५२% कायम भएको छ । कस्ट अफ फन्ड ९.९९% र कर्जा निक्षेप अनुपात २३१.४०% रहेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ६६ पैसा (वार्षिक) रहेको लक्ष्मीको प्रतिसेयर नेटवर्थ भने १७५ रुपैयाँ ५७ पैसा छ ।
प्रकाशित मिति : Friday, November 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal