नेप्सेमा ३ कम्पनीको २४ लाख ६ हजार ९०५.७२७२ कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको २४ लाख ६ हजार ९०५.७२७२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा सेयर सुचिकृत हुनेमा नेको इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ। 

नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४.०८ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७.८९७२ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको २ लाख ३१ हजार ०४३.७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेमा सूचिकृत भएसंगै यी कम्पनीका बोनस सेयर भएका शेयरधनीहरुले सेयर कारोबार गर्न सक्ने छन् ।
प्रकाशित मिति : Monday, November 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal