×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाले दियो स्पष्टिकरण, २०% बोनसको अधिकांश हिस्सा सेयर प्रिमियमबाट वितरण गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

महुली लघुवित्त वित्तीय संस्थाले दियो स्पष्टिकरण, २०% बोनसको अधिकांश हिस्सा सेयर प्रिमियमबाट वितरण गर्ने

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाको असोज २९ गते बसेको सञ्चालक समिति बैठकले वितरण गर्ने निर्णय गरेको ३१.५७९% लाभांशबारे स्पष्टिकरण दिएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३१.५७९% लाभांशबारे स्पष्टिकरण दिएको हो । संस्थाले २०% बोनस सेयर अधिकांश हिस्सा सेयर प्रिमियमबाट वितरण गर्ने बताएको छ भने अपुग भएको रकम गत आवको मुनाफाबाट वितरण गरिने छ।
संस्थाले २०%का दरले वितरण गर्ने बोनस शेयरको रकम २ करोड ४ लाख हुन्छ । सोमध्ये संस्थाले १ करोड ९ लाख २० हजार ४३१ रुपैयाँ शेयर प्रिमियमबाट र बाँकी अपुग ९४ लाख ७९ हजार ५६९ रुपैयाँ गत आर्थिक वर्षको खुद मुनाफाबाट वितरण गर्ने जनाएको छ ।
हाल यस लघुवित्तको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि पुँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: