×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र युनियन पे इन्टरनेशनलको सहकार्यमा भर्चुअल कार्डको शुरुवात

PRIME CA

एनआईसी एशिया बैंक र युनियन पे इन्टरनेशनलको सहकार्यमा भर्चुअल कार्डको शुरुवात

अर्थ सरोकार

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार

काठमाडौं – एनआईसी एशिया बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा एनआईसी एशिया युनियन पे भर्चुअल कार्ड शुरु गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन पे इन्टरनेशनलका का अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा उक्त कार्ड शुरु गरीएको हो ।
उक्त सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहकसामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।
नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: