×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नबिल भनेको नबिल नै हो’, निजी क्षेत्रका बैंकहरुमध्ये नाफामा बन्यो सर्वोत्कृष्ट ! (अन्य विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

‘नबिल भनेको नबिल नै हो’, निजी क्षेत्रका बैंकहरुमध्ये नाफामा बन्यो सर्वोत्कृष्ट ! (अन्य विवरणसहित)

काठमाडौं – अनिल केशरी शाहको नेतृत्वमा अगाडी बढिरहेको नबिल बैंक ‘अर्बपति क्लब’ मा पुगेको छ । नबिलले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको भन्दा ६.७५% ले धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ७४ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १२.०४% ले बढेको छ । 
यस्तै, बैंकले यस अवधिमा १ खर्ब ७२ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब ४८ करोड ९० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको निक्षेप संकलन ६.१६% र कर्जा प्रवाह ६.२४% ले बढेको छ । 
यस अवधिमा नबिलको खुद ब्याज आम्दानी १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ रहेको थियो। चुक्ता पूँजी ९ अर्ब १ करोड रुपैंया रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८८ लाख रुपैयाँ संचित छ। 
बैंकको प्रतिशेयर आम्दानीमा भने सामान्य अंकले गिरावट आएको छ । बैंकको उक्त सूचक २ रुपैयाँ ४३ पैसाले घटेको ४८ रुपैयाँ ९३ पैसामा कायम छ । यस्तै पूँजीकोष अनुपात १२.२०%, खराब कर्जा ०.६५%, आधारदर ७.९४%, कोषको लागत ६.२०% र कर्जा निक्षेप अनुपात ७४.०९%र स्प्रेडदर ४.४५% रहेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । यस बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ३४% लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १२% बोनस सेयर र २२% नगद लाभांश रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: