×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १९% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १९% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले १९% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति को ५२२औं बैठकले गत वर्षको खुद नाफाबाट सेयरधनीलाई १०.५% बोनस सेयर र ८.५% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको बोनस सेयर र १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६७४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: