×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा नेपाल इन्भेष्टमेन्ट बैंकको १६ औं एक्सटेन्सन काउन्टर विस्तार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

ललितपुरमा नेपाल इन्भेष्टमेन्ट बैंकको १६ औं एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
उक्त काउन्टर नेपाल इभेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
यस एक्सटेन्सन काउन्टरमार्फत् विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२४ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टर तथा २७३६ प्वाइन्ट अफ सेल्स (पीओस) केन्द्रहरूमार्फत आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: