पछिल्लो ३ महिनामा मात्र ६ लाख १९ हजार जनाले लिए प्यान, कुल कति पुग्यो प्यान लिनेको संख्या ?

काठमाडौं । सरकारले अनिवार्य प्यानको व्यवस्था गरेपछि पछिल्लो ३ महिनामा मात्र ६ लाख १९ हजार जनाले नयाँ प्यान लिएका छन् । सरकारले २ हजार रुपैयाँभन्दा धेरै भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि  ३ महिनामा मात्र ६ लाख १९ हजार जनाले नयाँ प्यान लिएका हुन् । 
सरकारले आर्थिक वर्षको सुरुभएसँगै प्यान अनिवार्य गरेको थियो । तलव, ज्याला तथा अन्य सुविधालगायत लिनका लागि अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था सरकारले ल्याएको थियो । सोहि अनुसार  ०७६ असार मसान्तसम्ममा ९ लाख ९३ हजार जनाले प्यान लिएको अर्थ मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा मात्रै ६ लाख १९ हजार जनाले प्यान लिएका छन् । असार मसान्तसँग तुलना गर्दा पछिल्लो ३ महिनामा प्यान लिनेको संख्या ६२ प्रतिशतले धेरै हो । अहिलेसम्म प्यान लिनेको संख्या २८ लाख ८९ हजार पुगेको मन्त्रालयले जनाएको छ । 

व्यक्तिगत र व्यावसायिक गरी २ प्रकारका प्यान लिन पाइन्छ ।
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal